काठमाडौँ । हुम्लाको सार्केगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सोमबार दिउँसो साढे २ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ मतसहित अग्रता लिएकी हुन् ।
यसैगरी नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ४०३ र नेपाली कांग्रेसकी सविता बुढाले ३४८ मत पाएकी छन् ।
राप्रपा उम्मेदवार संगीता शाहीले २० र रास्वपा उम्मेदवार बाँचा बुढाले ५ मत पाएका छन् ।

