काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । आयोगले बुधबार मेयर महर्जनलाई पत्र काटेको हो ।
अख्तियारले बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि पत्र काटेको जनाएको छ । २०७७ सालमा पालिकाको धापाखेलमा बाढीपहिरो पीडितलाई कार्यपालिकाको निर्णय बेगर रकम बाडेको उनीमाथि आरोप छ ।
मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरी परेको लामो समयपछि अख्तियारले बुधबार पत्र काटेको हो ।

