२०८३, आश्विन २१ गते

images

एक महिनामा ७० हजार बढी नेपाली विदेशीए

एक महिनामा ७० हजार बढी नेपाली विदेशीए

बुधवार, मंसिर १९ २०८१०३:३८
बुधवार, मंसिर १९ २०८१०३:३८
  • images

    काठमाडौं । एक महिनाको अवधिमा ७० हजार बढी नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन् ।

    व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ । जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत (मेनपावर) मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

    कात्तिकमा ६७० जना मात्रै जी टु जी मार्फत गएका छन् । चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

    व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या बढ्दो क्रममा छ । भने संस्थागत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या घट्दो छ ।

    असोजमा ८ हजार ९३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका थिए भने कात्तिकमा १२ हजार ५९८ जना गएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend