२०८३, आश्विन २१ गते

images

राप्तीका सुकुमवासीलाई पहिचान पत्र

राप्तीका सुकुमवासीलाई पहिचान पत्र

आइतवार, मंसिर २३ २०८१०८:१२
आइतवार, मंसिर २३ २०८१०८:१२
  • images

    काठमाडौँ । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचान पत्र वितरण सुरु गरेको छ । नगरपालिकाले शनिवार एक कार्यक्रमको आयोजना गरि भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासीका ऐलानी जग्गाको पहिचान पत्र वितरण गरिएको हो । 

    नगरको वडा नं ७ मा रहेको सिमलवस्तीका १४ परिवारलाइ पहिचान पत्र वितरण भएको छ । तत्कालिन भुमि आयोगले नापजाँच गरेका राप्तीका विभिन्न जग्गाको ऐलानी पहिचान पत्र निर्माण भएका छन । राप्तीको वडा नं ११ , वडा नं २, वडा नं ३  र ७ का अधिकांश जग्गा नाँपजाँच भएको सो जग्गाको पहिचान पत्र बनेको हो । 

    राप्तीमा १३ हजार भन्दा बढी नागरिकको पहिचान पत्र बनिरहेको राप्ती नगरपालिका मेयर शमेर लामाले बताए । मेयर लामाका अनुसार अधिकांश भुमिहिन सुकुम्वासी, त्यसपछि दलित र अव्यवस्थित बसोबासी रहेको बताए । 

    अहिले राप्ती वडा नं ११ को धेरै ठाउको जग्गा नापजाँच भएका छन । त्यसको रातो पुर्जाको लागि हामीले आयोगमा पठाएका हौ तर आयोगनै खारेज भएपछि कामले निरन्तरता पाउन सकेन । यसका अलवा राप्तीको वडा नं ७ मा पनि कार्यपालिकाको निर्णायनुसारनै धेरै काम सम्पन्न भएको मेयर लामाको दावी रहेको छ । 

    वडा नं ३ र २ पनि अहिले आयोगको निर्णय गरेको बसेको छ । मेयर लामाका अनुसार राप्तीले आफ्नो स्रोत र साधन प्रयोग गरेर अहिले पनि वडा नं ५ र १ को जग्गा नापि रहेको छ । यसलाइ बैधानिकताको लागि आवश्यक तयारी भएको उनले बताए । 

    मेयर लामाका अनुसार रातो पुर्जाको अन्तिम चरणमा पालिका रहेको छ । अहिले ऐलानी पहिचान पत्र तयार पारेर वाड्ने र रातो पुर्जाको लागि आवश्यक प्रकृया अगाडी बढाउने उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend