२०८३, आश्विन २० गते

images

लुम्बिनीविरूद्ध जनकपुरको जित

लुम्बिनीविरूद्ध जनकपुरको जित

आइतवार, मंसिर २३ २०८१०१:१४
आइतवार, मंसिर २३ २०८१०१:१४
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससँग लुम्बिनी लायन्स पराजित भएको छ। लुम्बिनी जनकपुरविरूद्धको खेलमा १ रनले पराजित भएको हो।

    काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । योसँगै लुम्बिनीले एनपीएल लगातार चौथो हार व्यहोरेको छ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

    लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष ठाकेर एक्लैले ५ विकेट लिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले १/१ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।

    जनकपुरका लागि कप्तान अनिलकुमार साहले ४५, लाहिरु मिलन्थाले २४, र आसिफ शेखले १६ रन बनाए। शुभ कंसाकारले अविजित २२ रन बनाए । लुम्बिनीका लागि अभिशेष गौतमले तीन, साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान द्ई तथा सन्दीप जोराले एक विकेट लिए।

    एनपीएलमा लगातार चौथो जित निकाल्दै जनकपुर ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend