२०८३, आश्विन १९ गते

images

कटहरियाका मेयर उपमेयरसँगै कार्यपालिकाका सदस्य निलम्बनमा

कटहरियाका मेयर उपमेयरसँगै कार्यपालिकाका सदस्य निलम्बनमा

सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०७:३१
सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०७:३१
  • images

    काठमाडौँ । एकै पटक रौतहटको कटहरिया नगरपालिकाका मेयर, उपमेयर सहित कार्यपालिकाका सदस्यहरु निलम्बनमा परेका छन् । 

    सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै मेयर अजयप्रकाश, उपमेयर रीता देवी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, कार्यपालिका सदस्यहरु समिशबिक्रम साह र मनोजप्रसाद जैसवाल निलम्बनमा परेका हुन् । 

    मेयर र उपमेयर नै निलम्बनमा परेपछि पालिकाको नेतृत्व नै खाली भएको छ । 

    अख्तियारले इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, इन्जिनियर मो.मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साह सहित ११ जना विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    काम भएको भन्दा ४७३.६० वर्गमिटर बढीमा फ्लोरिङ भएको देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend