२०८३, आश्विन २० गते

images

ग्राण्डीमा निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन

ग्राण्डीमा निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन

सोमवार, मंसिर २४ २०८१०३:३९
सोमवार, मंसिर २४ २०८१०३:३९
  • images

    काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन गरेको छ । मुलुकमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको ग्राण्डीले प्रत्येक महिना गर्भसंस्कार कक्षा सञ्चालन गर्दै आएको छ ।

    कार्यक्रमका संयोजक सुजना पोखरेलले हरेक महिनाको अन्तिम बुधबार उक्त कक्षा सञ्चालन गरिँदै आएको जानकारी दिए। “महिला तथा प्रसुती डाक्टर, वरिष्ठ नर्स, फिजियोथेरापिष्ट, डाइटिसियन, नवजात शिशुको डाक्टर लगायतको सहभागीतामा उक्त कक्षा सञ्चालन हुँदै आएको छ,”– पोखरेलले भने ।

    पछिल्लो समयमा अप्रेसनको माध्यमबाट बच्चा जन्माईंदै आएको अवस्थामा ग्राण्डीले नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो । उक्त कक्षामा गर्भवती अवस्थामा गरिने शारिरीक व्यायाम, पोषिलो आहार विहार, स्तनपान र नवजात बच्चाको स्याहार सुहार लगायतका बारेमा सिकाइन्छ । 

    यस्तै, गर्भवती महिलामा हुने मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने, गर्भ अवस्थामा हुने समस्याको समाधान कसरी गर्ने भन्ने बारे समेत सिकाईने गरेको अस्पतालले जनाएको छ । यसैगरी, उक्त कक्षामा परिवारको योजना बारे पनि जानकारी दिईन्छ । 

    कक्षामा गर्भवती महिलाका परिवारलाई समेत गर्भ संस्कारका बारेमा जानकारी गराईने गरिएको छ । उक्त कक्षामा अस्पतालमा जाँच गरिरहेका गर्भवती महिला र अन्य जुनसुकै अस्पतालमा जाँच गरेका महिलाले पनि सहभागीता जनाउन सक्नेछन् । 

    विगत लामो समयदेखि उक्त कार्यक्रमलाई ग्राण्डीले निरन्तरता दिइरहेकोछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend