काठमाडौँ । सशस्त्र प्रहरील बल नेपालले विभिन्न पदमा अधिकृत स्तर (सशस्त्र प्रहरी निरीक्षक) का पदहरूमा ४८ जना कर्मचारी माग गरेको छ ।
आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका व्यक्तिले आगामी साउन २० सम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
अनलाईन मार्फत तोकिएको समयभित्र दरखास्त फारम भरेका उम्मेदवारले साउन २९ गतेभित्र स्वय उपस्थित भई सक्कले दरखास्त फाराम बुझाउनु पर्नेछ ।
सूचना अनुसार प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, लिखित परीक्षा, गुुणमापक परीक्षा (कानून र लेखा उपसमूहतर्फको स प्र ति पदको लागि मात्र), विशेष स्वास्थ्य परीक्षण र अन्तर्वाता हुनेछ ।

