२०८३, आश्विन २० गते

images

प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित

प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित

मंगलवार, मंसिर २५ २०८१०३:०५
मंगलवार, मंसिर २५ २०८१०३:०५
  • images

    काठमाडौं । सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ।

    भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो। प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गरे। त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले समान दुई र मनिष झाले एक गोल गरे।
    प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले नौ गोलको अन्तर कायम गरेको थियो। दोस्रो हाफमा थप चार गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो।

    प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरैका थिए। प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरू मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत थिए। राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरू धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरू थिए।

    यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी (मर्यादापालक) को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ। संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend