काठमाडौँ । सप्तरीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशन र कृषि सामग्री कम्पनीमा लगाईएको ताला खुलेको छ । जिल्लाका किसान र जनप्रतिनिधिले मंगलबार साँझ रासायनिक मलमा कालोबजारी भएको भन्दै उक्त कार्यालयमा तालाबन्दी गरेका थिए ।
मंगलबार तालाबन्दी गरेका उनीहरुले बुधबार बिहानैदेखि धर्ना समेत दिएका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउत, मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको अग्रसरतामा ४ बुदे सहमतिपछि बुधबार दिउँसोदेखि ताला खुलेको हो ।
चार बुँदे सहमतिअनुसार संघीय सरकारबाट आएको र राजविराजस्थित कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा रहेको मलखाद अविलम्ब वितरण गर्ने निर्णय भएको छ ।
त्यस्तै जिल्लामा माग बमोजिम मलखाद नआएको र आएको मलमा समेत कालोवजारी तथा कृतिम अभाव गर्ने सहकारी, डिलर र अन्य निकायलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै जिल्लामा आवश्यक मल संघ सरकारबाट ३० प्रतिशत पनि नभएकाले अविलम्ब आवश्यक मल माग गर्ने निर्णय गर्नुका साथै मल वितरण गर्दा कुनैपनि दलीय प्रभाव नराखी लाभग्राहीको प्राथमिकतालाई आधार बनाएर वितरण गर्ने निर्णय भएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमा जनप्रतिनिधिले लगाए ताला, बिहानैदेखि धर्ना

