२०८३, आश्विन २० गते

images

एनपीएल : जनकपुर एक खेलअगावै प्लेअफमा

एनपीएल : जनकपुर एक खेलअगावै प्लेअफमा

बिहिवार, मंसिर २७ २०८१०४:२७
बिहिवार, मंसिर २७ २०८१०४:२७
  • images

    काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट जनकपुरको १० अंक भएको छ। लिगको आफ्नो अन्तिम खेलमा जनकपुरले चितवन राइनोजसँग शनिबार खेल्नेछ ।  

    काठमाडौंले दिएको १०२ रनको मध्यम लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा जेम्स निशामले २७ र हर्स ठाकरले नटआउट २५ रनको योगदान गरे ।  

    क्याप्टेन करण केसीले २ तथा शहाब आलम, गेरार्ड रास्मस र दिपेश कँडेलले समान एक विकेट लिएपनि काठमाडौंको हार भने टार्न सकेनन् । 

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको थियो । सुरुबाटै कमजोर ब्याटिङ गरेको काठमाडौंका लागि गेरार्ड इरास्मसले २०, क्याप्टेन करण केसीले १९ र स्टेफन इस्किन्जीले १७ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।  

    ललित राजवंशी र शेर मल्लले समान ३, मोहमद मोसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान एक विकेट लिए । 

    हारपछि काठमाडौंको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । ५ खेलबाट उसको मात्र ४ अंक छ । प्लेअफमा स्थान बनाउन काठमाडौंले बाँकी खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्सलाई पराजित गर्नु पर्नेछ । साथै शीर्ष चारभित्र रहेका अन्य टिमको नतिजामा पनि भर पर्नु पर्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend