२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०२:५०
सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०२:५०
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    आयोगले शुक्रबार विशेष अदालतमा सिरहाको नजराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सवइन्जिनियर संतोष कुमार यादव र लेखापाल सोम प्रसाद आचार्य विरुद्ध मुद्धा दायर गरेको हो । 

    यस्तै, उपभोक्ता समितिका अध्यक्ष जिवछ कुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल भन्ने राम उदगार खत्वे मण्डल र वडा नम्बर २ का तत्कालीन वडाअध्यक्ष खुसिलाल साह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    आयोगले उनीहरु विरुद्ध पालिकाको वडा नम्बर २ स्गित मझौरादेखि बरगाछी हुँदै पटनासम्म माटो र ग्राभेल योजना सम्झौता र नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गरेको आरोप लगाएको छ । 

    अख्तियारले आठै जना विरुद्द १२ लाख ७ हजार २६० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend