२०८३, आश्विन २० गते

images

काठमाडौं गुर्खाज ६ विकेटले विजयी

काठमाडौं गुर्खाज ६ विकेटले विजयी

शनिवार, मंसिर २९ २०८१०१:४२
शनिवार, मंसिर २९ २०८१०१:४२
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गरेको छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ।

    काठमाडौँको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले। उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए। त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए। पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो। उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए।

    साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन्। गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक÷एक रन जोडे।

    पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन÷तीन विकेट लिए। यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिए।

    आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend