२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स ३२ रनले...

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स ३२ रनले पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स ३२ रनले पराजित

शनिवार, मंसिर २९ २०८१०५:१४
शनिवार, मंसिर २९ २०८१०५:१४
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ ।​​ १८१ रनको विजयी लक्ष्य पच्छ्याएको जनकपुरले १८ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनायो । ​​कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । 

    जनकपुरका लागि जीमी नीशमले २४ बलमा ६५ रन बनाए पनि जिताउन सकेनन् । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

    आसिफ शेखले २३ रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चितवनका रिजन ढकाल, सोहेल तनवीर र कुशल मल्लले २/२ विकेट लिए ।  अमर सिंह राउटेलाले १ विकेट लिए ।

    नकपुरलाई पराजित गरेसँगै चितवनले एनपीएलको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।​​ प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेको जनकपुरलाई पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend