२०८३, आश्विन २० गते

images

नेपालमा फेरि भेटिए मंकिपक्सको बिरामी

नेपालमा फेरि भेटिए मंकिपक्सको बिरामी

शुक्रवार, पौष ५ २०८१०६:२३
शुक्रवार, पौष ५ २०८१०६:२३
  • images

    काठमाडौं । नेपालमा एक जनामा मंकिक्स पुष्टि भएको छ । भर्खरै साउदी अरेबियाबाट नेपाल आएका करिब ३५ वर्षीय युवामा पुष्टि भएको हो।

    ती युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

    हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यसअघि २०८० साल असारमा विदेशबाट आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो। नेपालीलाई मंकिक्स देखिएको यो पहिलो घटना हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend