२०८३, आश्विन १९ गते

images

डाक्टरदेखि सीए बन्ने विद्यार्थीको रोजाइ सीसीआरसी

डाक्टरदेखि सीए बन्ने विद्यार्थीको रोजाइ सीसीआरसी

सीएनएन खबर
आइतवार, आषाढ २३ २०८११०:०१
सीएनएन खबर
आइतवार, आषाढ २३ २०८११०:०१
  • images

    काठमाडौँ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) गुणस्तरीय शिक्षा प्रदान गर्ने उपत्यकाकै उत्कृष्ट शिक्षण संस्थामध्ये एक हो । पछिल्लो समय डाक्टर, इन्जिनियर तथा सीए बन्ने विद्यार्थीको रोजाइमा सीसीआरसी कलेज पर्ने गरेको छ । 

    विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषय अध्यापन हुने सो कलेजमा २०८० सालमा कक्षा ११ र १२ मा २ हजार ४ सय ३ जना विद्यार्थी भर्ना भएका थिए । २०७९ मा २ हजार ३ सय ८१ जना र २०७८ सालमा २ हजार ४ सय ४ जना विद्यार्थी भर्ना भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजामा २०७९ सालमा ९९.४५ प्रतिशत, २०७८ सालमा ९९.१० प्रतिशत र २०७७ सालमा ९८.९२ प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सो विद्यालयमा ९१ जना शिक्षक र ६५ जना कर्मचारी कार्यरत छन् । 

    ७ रोपनी क्षेत्रफलमा अत्याधुनिक पूर्वाधारसहितका ३ वटा भवनमा अध्ययन अध्यापन हुन्छ । क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायातको व्यवस्था समेत रहेको छ । विद्यालयले विभिन्न कविता प्रतियोगितामा पहिलो स्थान, आईओई पुलचोकले आयोजना गरेको म्याटिक्स एण्ड लोकस २०२४मा गोल्ड मेडल र बास्केटबल प्रतियोगितामा विजेता हुनुका साथै अन्य थुपै्र अन्तरविद्यालय प्रतियोगितामा भाग लिई सर्टिफिकेट, मेडल तथा ट्रफी प्राप्त गर्न सफल भएको छ । 

    सीसीआरसीले विद्यार्थीलाई ताालिम, सेमिनार, वर्कसप, रोबर्टिक्स, नृत्य जस्ता थुप्रै तालिम सञ्चालन गर्दै आइरहेको छ ।

    सीसीआरसीका विद्यार्थी विश्वभर

    सीसीआरसी कलेजले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि पठाउने गरेको छ । प्रत्येक वर्ष सीसीआरसीका विद्यार्थीहरु छात्रवृत्तिमा छनौट हुँदै आएका छन् । 

    विश्वमै नाम कहलिएका एम.आई.टी., हार्वड, कोर्नेल आदिजस्ता विश्वप्रसिद्ध विश्वविद्यालयहरु सिसिआरसीका विद्यार्थीहरुका लागि उच्च शिक्षाको थलो बन्दै गएका छन् । कक्षा १२ सफल भएपछि वर्सेनी दर्जनौं विद्यार्थीहरु विश्वमै उत्कृष्ट मानिएका यी विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति कोटामा उच्च तहको अध्ययन गरिरहेका छन् । 

    abroad2.jpg
    पूर्ण छात्रबृत्ति पाएका विद्यार्थी

    वर्ष २०२४ मा सिसिआरसीका ३० जना विद्यार्थीले संयुक्त राज्य अमेरिकाका विभिन्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका छन् । जसमध्ये रुकमणि घोरासैनी र अभिषेक सुवेदीले फूल राइट छात्रवृत्तिमा उच्च तहको अध्ययन गरिरहेका छन् । 

    यसै वर्ष कलेका विद्यार्थी पेसल पराजुली तथा राम यादवले संयुक्त राज्य अमेरिकाको शैक्षिक कार्यक्रम हेर्ने संस्था (युसेफ) बाट अपरच्युनिटी फण्ड छात्रवृत्ति कोटामा उच्च अध्ययनका लागि छनोट भएका छन् ।

    गत वर्ष २०२२/२३ मा एम.आई.टी. (म्यसाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी) मा रुचि भट्ट इन्जिनियरिङ् अध्ययनका लागि छनोट भएकी थिइन् । विश्वकै नम्बर वान मानिएको उक्त कलेजमा नेपालबाट उनी एक मात्र छनोट भएकी थिइन् ।  उक्त वर्ष सीसीआरसीका २१ जना विद्यार्थीहरुले विश्वका प्रतिष्ठित विश्वविद्यालयमा पूर्ण छात्रवृसत्त कोटामा छनोट भएका थिए ।

    एम. बि. बि.एस्का लागि २४ विद्यार्थीले पाए छात्रवृत्ति

    यसवर्ष (सन् २०२४) मा सीसीआरसीका २४ जना विद्यार्थीले एमबिबिएस् प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिका लागि नाम निकालेका छन् । 

    दसौं हजार प्रतिस्पर्धीहरुलाई उछिन्दै उनीहरुले एकै पटक छात्रवृत्ति कोटामा नाम निकालेर सिसिआरसी कलेज राष्ट्रियस्तरमै सफल कलेजको रुपमा स्थापित गरेका छन् । गत वर्ष २०२३ मा २८ जना विद्यार्थीहरुले एम् बि .बि.एस्. प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा नाम निकालेका थिए ।

    BE 2023.jpg
    पूर्ण छात्रबृत्ति पाएका विद्यार्थी

    यसैगरी जगदम्बा गुठीद्वारा प्रत्येक वर्ष कलकत्ता मेडिकल कलेज (भारत)मा एम्. बि.बि.ए्. अध्ययनको लागि लिइने परीक्षामा यस कलेजका ५ जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिकोटामा अध्ययन गरिसकेका छन् । यसमध्ये केही विद्यार्थीहरु हाल भारतका लब्धप्रतिष्ठित स्वास्थ्यसंस्थामा वरिष्ठ चिकित्सकका रुपमा आबद्ध छन् ।

    यसरी हरेक वर्ष सिसिआरसी कलेजबाट दर्जनौं विद्यार्थीहरुले चिकित्सा शिक्षाका लागि लिइने प्रवेश परीक्षामा सफलता प्राप्त गरेका छन् । वास्तवमा कलेजले कक्षा ११ र १२ को नियमित पाठ्यक्रमसँगै उनीहरुलाई कक्षा १२ सकेपछि आवश्यक पर्ने प्रवेश परीक्षाको तयारी पनि क्रमशः गराउँदै लैजानुले पनि धेरै संख्यामा विद्यार्थीहरुले छात्रवृत्ति कोटामा नाम निकाल्न सकेका हुन् ।

    पुल्चोक प्रवेशदेखि एन्.ई.बीमा अग्र स्थान

    वर्ष २०८०÷८१ मा आई.ओ.ई. (इन्जिनियरिङ् अध्ययन संस्थान) पुल्चोकले बि.ई. अध्ययनको लागि लिएको छात्रवृत्ति प्रवेश परीक्षामा सिसिआरसीका २७ जना विद्यार्थीले एकै साथ नाम निकालेर राष्ट्रिय कीर्तिमान नै कायम  गर्न सफल भएका छन् ।

    वर्ष २०२३ मा पनि यस कलेजबाट २७ जना विद्यार्थीहरुले बि.ई. अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए भने अघिल्लो वर्ष २०२२ मा पनि २७ जना नै विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । 

    NEB .jpg
    पूर्ण छात्रबृत्ति पाएका विद्यार्थी

    यस्तै, सीसीआरसी कलेजले स्थापनाकालदेखि नै राष्ट्रिय परीक्षा बोर्डको नतिजामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । 

    वर्ष २०८० को राष्ट्रिय परीक्षा बोर्ड (एन्.ई.बी.)को नतिजालाई विश्लेषण गर्ने हो भने यस कलेजका विद्यार्थी सजिन कार्कीले ३.९६ जिपिए प्राप्त गरेका थिए । यस वर्ष उनले प्राप्त गरेको सो जिपिए हालसम्मकै सर्वोच्च अङ्क हो । 
    एन्.ई.बी.को विगत ५ वर्षको नतिजा हेर्ने हो भने यस कलेजको पास प्रतिशत ९८.५ रहेको छ । स्थापनाकालदेखि नै यस कलेजका विद्यार्थीहरुले एन्.ई.बी. परीक्षामा उच्च ग्रेड हासिल गर्दै आइरहेका छन् ।

    कलेजमै तयारी कक्षा

    सीसीआरसी कलेजले कक्षा ११ बाट नै नियमितरुपमा विद्यार्थीहरुलाई प्रि–इन्जिनियरिङ्, प्रि–मेडिकल तथा प्रि–सिएका लागि तयारी कक्षाहरु उपलब्ध गराउँदै आएको छ । कलेजले नियमितरुपमा सञ्चालन गरेका यस्ता कक्षाहरुले विद्यार्थीहरुलाई विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा सफल हुन सहयोग पु¥याइरहेको हुन्छ । यी कक्षाहरुले विद्यार्थीहरुमा आत्मवल बढाउनुका साथै परिश्रम गर्ने बानीको विकास गरेको हुन्छ ।

    ccrc studing.jpg
    कक्षामा विद्यार्थी

    हरेक वर्ष दर्जनौं विद्यार्थीहरु इन्जिनियरिङ्, मेडिकल, सिए, कृषि, वन आदि विभिन्न अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उच्च अङ्कसहित छनोट हुनुमा उक्त किसिमका तयारी कक्षाहरुको उल्लेख्य भूमिका रहेको छ ।

    कलेजमा खेलकुद

    कलेजमा विद्यार्थीहरुले विषयगत ज्ञानलगायत व्यवहारिक शिक्षाको ज्ञान पनि समानरुपमा प्राप्त गरिरहेका हुन्छन् । सीसीआरसीले विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय खेलकुदमा पनि बरोबर सहभागी गराउँदै आएको छ । 

    वार्षिक रुपमा मनाइने खेलकुद सप्ताहसँगै हिसान कप लगायतका खेलकुद कार्यक्रममा पनि विद्यार्थीहरुको सशक्त भूमिका रहँदै आएको छ । सिसिआरसी ३ पटक हिसान बास्केटबलमा प्रथम भएको छ भने १७ पटक राष्ट्रियस्तरका अन्य बास्केटबल प्रतियोगितामा प्रथम भएको छ । 

    gyanendra malla ccrc.JPG
    क्रिकेटको प्रशीक्षण दिदैँ ज्ञानेन्द मल्ल


    यसैगरी यो कलेज ९ पटक विभिन्न क्रिकेट प्रतियोगितामा प्रथम, ७ पटक विभिन्न फुटबल प्रतियोगितामा प्रथम र २२ पटक विभिन्न टेबलटेनिस प्रतियोगितामा प्रथम भएर यस कलेजले खेलकुदका विभिन्न विधामा आफूलाई बलियो रुपमा उभ्याएको छ ।

    यस कलेजमा खेलकुदका लागि मापदण्ड र विद्यार्थीका रुचिअनुसारका अत्याधुनिक कोर्टहरु तयार गरिएका छन् । कलेज प्राङ्गणमा फुटसल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन लगायतका खेलका छुट्टाछुट्टै कोर्टहरु छन् । ती कोर्टहरुमा ब्रेकटाइम तथा अन्य उपयुक्त समयमा विद्यार्थीहरु आआफ्ना रुचिअनुसारका खेलकुदमा रमाउँछन् ।

    सामाजिक क्रियाकलापमा सहभागिता

    यस कलेजका विद्यार्थीहरु कलेजमा आबद्ध विभिन्न क्लबहरुमार्फत् सामाजिक सेवा तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेका छन् । कलेजमा आबद्ध विभिन्न १४ वटा क्लबहरुले शिक्षालाई समुदायसँग जोड्दै विद्यार्थीहरुमा मानवीय मूल्य र नैतिक शिक्षाको चेतनाले प्रेरित गर्दै लगेको छ ।

    यस कलेजका विद्यार्थीहरु, विभिन्न क्लबहरुले आयोजना गर्ने हाजिरी जवाफ, खेलकुद, वैज्ञानिक शोध र अन्वेषणका क्रियाकलापहरु, कविता प्रतियोगिता जस्ता क्रियाकलापमा आबद्ध भई आआफ्ना व्यक्तित्व र प्रतिभा प्रस्फुटन गरिरहेका हुन्छन् । त्यसै गरी अनाथालय र बृद्धाश्रममा सहयोग, वृक्षरोपण, सरसफाइ, चेतनामूलक ¥यालीहरु, रक्तदान आदि कार्यक्रममार्फत् पनि विद्यार्थीहरु आआफ्नो सामाजिक दायित्व निर्वाह गरिरहेका हुन्छन् ।

    ccrc building.jpg
    कलेजकाे भवन

    यसरी शिक्षालाई सामाजिक मूल्यमान्यतासँग जोड्दै अघि बढ्नाले विद्यार्थीहरुमा नैतिक मूल्यको बृद्धि हुने र सँगै आफ्नो व्यक्तित्व विकासको अभिबृद्धि हुने कुरा सिसिआरसीले विद्यार्थीलाई व्यवहारिक प्रशिक्षण दिइआएको छ ।

    क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल सीसीआरसी कलेजका उत्पादन हुन् । मल्ल हाल कलेजमा क्रिकेटका प्रशीक्षक तथा मेन्टरका रुपमा समेत कार्यरत छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend