२०८३, आश्विन २० गते

images

जनकपुरको जितपछि सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय विदा

जनकपुरको जितपछि सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय विदा

शनिवार, पौष ६ २०८१०९:०७
शनिवार, पौष ६ २०८१०९:०७
  • images

    काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जित्दै मधेस प्रदेशको नाम राखेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ।

    गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीमा (अति आवश्यक सेवा बाहेक) एक दिनको स्थानीय बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए।

    गाउँपालिकाका अध्यक्ष यादवले जनकपुर बोल्ट्सको ऐतिहासिक जितले मधेस प्रदेशको गौरव बढाएको भन्दै यो अवसरलाई विशेष उत्सवका रूपमा मनाउन स्थानीय विदा दिने निर्णय भएको सुनाए। यो जितले मधेस प्रदेश मात्र नभई सिंगो नेपालको खेलकुदमा एउटा नयाँ इतिहास र सम्भावनाको ढोका खोलेको अध्यक्ष यादवको भनाइ छ।

    baaa.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend