काठमाडौँ । गत शुक्रबारदेखि देशभर अविरल वर्षा भैरहेको छ । निरन्तर परेको वर्षाका कारण बाढी, पहिरो, डुबानजस्ता प्रकोपका घटनाहरु बढ्न थालेका छन् ।
राजधानी काठमाडौँका खोला बढ्नेदेखि देशभर अहिले विपद्का घट्नाहरु बढ्न थालेका छन् । विपद्को समयमा यस्ता प्रकोपबाट बच्न तथा कतै यस्ता विपदी भएमा तत्काल सम्पर्क गर्न विभिन्न सरकारी निकायले उपलब्ध गराउने नम्बर उपयोगी हुन सक्छन् । जहाँ कल गरेर तपाईंले विभिन्न सूचना लिन तथा दिन सक्नुहुनेछ ।
उपयोगी नम्बरहरू
नेपाल प्रहरीः १००
ट्राफिक प्रहरीः१०३
प्रहरी आपतकालीन नम्बरः ४२२८४३५
महानगरीय परिसर, काठमाडौंः ४२६१९४५ ÷४२६१७९०
महानगरीय परिसर, ललितपुरः ५५२१२०७
महानगरीय परिसर, भक्तपुरः ६६१४८२१
काठमाडौं महानगरपालिकाको हटलाइनः १६६००१०५५११, ११८०
काठमाडौं महानगर प्रहरी बलको हटलाइनः ९८५१३५६५०९
नदीको अवस्थाबारे जानकारी लिनः ११५५
डुबानको अवस्थाबारे जानकारी लिनः ११४९
यसबाहेक टेलिकम कम्पनीहरूले एसएमएसमार्फत बाढी तथा पहिरोको जानकारी दिने गर्छन् । त्यस्तै विभिन्न स्थानीय तहले समेत त्यस्ता सम्पर्क नम्बर बनाएका हुनन्छन् । तिनबारे तपाईंले आफ्नो पालिकामा सोध्न सक्नुहुन्छ । यसका साथै सरकारी वेबसाइटहरू हाइड्रोलोजी र विपद पोर्टल पनि उपयोगी हुन्छन् । जहाँ तपाईंले वर्षा, बाढी, पहिलो लगायतका विपदबारे थहा पाउन सक्नुहुन्छ ।


