२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • सहकारी ठगी प्रकरणः चन्द्रागिरि–१२ का वडाध्यक्ष...

सहकारी ठगी प्रकरणः चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छे महर्जन पक्राउ

सहकारी ठगी प्रकरणः चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छे महर्जन पक्राउ

सोमवार, पौष ८ २०८१०३:५७
सोमवार, पौष ८ २०८१०३:५७
  • images

    काठमाडौं । सहकारी ठगीको आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।

    उनलाई ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

    चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend