२०८३, आश्विन २० गते

images
  • समाचार
  • बालकोट हत्या प्रकरणः जेठा छोरा मिलनले...

बालकोट हत्या प्रकरणः जेठा छोरा मिलनले गरे आत्मसमर्पण

बालकोट हत्या प्रकरणः जेठा छोरा मिलनले गरे आत्मसमर्पण

मंगलवार, पौष ९ २०८११२:३१
मंगलवार, पौष ९ २०८११२:३१
  • images

    काठमाडौँ । बालकोटमा आफ्नै बुबा र भाइको हत्या गर्ने मिलन आचार्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बुबा र भाइको हत्या गरेर शनिबारदेखि फरार रहेका आचार्यले मंगलबार बिहानै आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् । 

    प्रहरीका अनुसार उनी आफैले बालकोटमा बुबा र भाइलाई मारेको बताएका छन् । 

    भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या भएको थियो । 

    उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend