२०८३, आश्विन २० गते

images

ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या

ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या

मंगलवार, पौष ९ २०८११२:३८
मंगलवार, पौष ९ २०८११२:३८
  • images

    काठमाडौं । ललितपुरको च्यासलस्थित एक रेस्टुरेन्टमा भएको विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति टाउन हब रेस्टुरेन्टमा भएको विवादपछि झडप हुँदा २३ वर्षीय इन्जिनियरिङ विद्यार्थी नयन गुरुङको मृत्यु भएको हो ।

    साथीहरूसँग रेस्टुरेन्ट पुगेका नयनमाथि रेस्टुरेन्टका कर्मचारी हेमराज भट्टले चक्कु प्रहार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलले जानकारी दिए । डडेलधुरा स्थायी घर भएका भट्टले रेस्टुरेन्टको काउन्टरमा विवादको क्रममा एकाएक आक्रमण गरेको प्रहरीको भनाई छ । घटना राति करिब ९ः२० बजे भएको हो ।

    चक्कु प्रहारपछि नयनको घटनास्थलमै मृत्यु भएको र दोषी भट्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । मृतक नयन गुरुङ ललितपुरस्थित हिमालय कलेजमा बीई चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी थिए । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend