२०८३, आश्विन २० गते

images

मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

शुक्रवार, पौष १२ २०८१०३:१७
शुक्रवार, पौष १२ २०८१०३:१७
  • images

    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

    एक वर्षअघि पनि दमबाट पीडित हुँदा उनले त्रिवि अस्पतालमै भर्ना भएर उपचार गराएका थिए । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।

    गएको मंसिर तेस्रो साता सम्पन्न क्रान्तिकारी कम्युस्टि पार्टीको महाधिवेशनले ७८ वर्षीय वैद्यलाई सर्वसम्मत रूपमा महासचिव चयन गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend