२०८३, आश्विन २० गते

images
  • विश्व
  • ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी...

ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध

ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध

सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०३:१८
सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०३:१८
  • images

    काठमाडाैँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । यसैबिच अमेरिकाका कयौँ कलेज र विश्वविद्यालयहरू भने  अनिश्चयको स्थितिमा छन् ।

    ट्रम्पले राष्ट्रपतिको शपथ लिनु अघि नै अमेरिका फर्किन जाडो बिदामा घर फर्किएका विदेशी विद्यार्थीहरूलाई विश्वविद्यालयहरूले अनुरोध गरेका छन् । ट्रम्पले यात्रामा प्रतिबन्ध लगाएमा गृह देशमै अलपत्र पर्न सकिने चिन्ताबिच विश्वविद्यालयले यस्तो अनुरोध गरेका हुन् ।

    अमेरिकामा ११ लाखभन्दा धेरै विदेशी विद्यार्थी पढिरहेका छन् । सत्तामा आएपछि ट्रम्पले अध्यागमन नीति थप कसिलो बनाउने कसम खाएका थिए । आफूले पहिलो कार्यकालमा मुस्लिम बहुल देशमाथि लगाएको यात्रा प्रतिबन्ध पनि ब्युँताउने उनले भनेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend