२०८३, आश्विन २० गते

images
  • समाचार
  • दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान...

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, २८ जनाको मृत्यु

आइतवार, पौष १४ २०८१०७:५७
आइतवार, पौष १४ २०८१०७:५७
  • images

    काठमाडौँ । दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । आइतबार बिहान बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो । 

    विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ः०७मा भएको थियो । 

    योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

    एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए, विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend