काठमाडौँ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरले साँगामा आकस्मिक रुपमा अवतरण गरेको छ । काठमाडौँ आउँदै गरेको हेलि एभरेष्टको हेलिकप्टरमा चरा ठोक्किँएपछि साँगामा आकस्मिक अवतरण गरेको हो ।
हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।
‘एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको छ,’ उनले भने ।
विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।

