२०८३, आश्विन १९ गते

images

सांसदले संसद्को रोष्टममै बजेट च्यातेपछि...

सांसदले संसद्को रोष्टममै बजेट च्यातेपछि...

मंगलवार, आषाढ ४ २०८१०१:३२
मंगलवार, आषाढ ४ २०८१०१:३२
  • images

    काठमाडौँ । सांसद्ले प्रतिनिधि सभाको रोष्टममै बजेट च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेट प्रति असन्तुष्ट हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्ट्रममै उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । 

    मंगलबार बसेको प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका  लिङ्देनले भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्र अर्बौंको बजेट बिनियोजन गरेकोप्रति उनले विरोध गर्दै बजेट पुस्तिका नै च्यातेका हुन् ।

    ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हुँ । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (बजेट पुस्तिका च्यात्दै) हुर्याउन मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने । 

    उनले चारवटा निर्वाचन क्षेत्रमा मनपरी रुपमा बजेट बिनियोजन गरिएकोप्रति रुष्ट हुँदै उनले च्यातेको बजेट पुस्तिक चारवटा बाहेक अन्य प्रतिनिधि सभा सदस्यको मनको कुरा भएको चर्चा गरे । 

    उनले सामान्य मर्यादा समेत नराखी राज्यस्रोत माथि गरेको मनपरी सहन नसक्ने बताए । उनले भने, ‘यहाँ जिल्लाको नाम छाप्दा धेरै देखिन्छ भनेर जिल्लाको नामै नराखी योजना राखिएको छ । ’

    यस्तै उनले कसैको निर्वाचन क्षेत्रमा एउटै योजना नराख्ने र कसैकोमा अर्बौंको योजना राख्नुपर्ने कारण, विधि र पद्धतिबारे जानकारी दिनुपर्ने माग गरे । महासेठले बजेट बनाउँदा विधि भत्काएको बताएका लिङ्देनले त्यसले देशको विधि भत्काउने राप्रपाको कामलाई सहयोग गरेको तर्क गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend