२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन...

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

आइतवार, पौष १४ २०८११०:१३
आइतवार, पौष १४ २०८११०:१३
  • images

    काठमाडौं । कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्। कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए। बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।

    मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ। के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend