२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्दै आएकालाई...

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्दै आएकालाई पुरस्कृत गरिने

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्दै आएकालाई पुरस्कृत गरिने

मंगलवार, पौष १६ २०८१०२:१९
मंगलवार, पौष १६ २०८१०२:१९
  • images

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्दै आएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्न आवेदन मागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको योगदानको कदर र प्रोत्साहनका लागि सम्मानित गर्न आवेदन आह्वान गरेको हो ।

    उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि, २०७६’ अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

    कार्यभिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएका, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र पाँच वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेका पुरस्कारका लागि योग्य हुनेछन् ।

    तर, विगत वर्षमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनोटमा नपरेका उद्यमीले आवेदन दिन सक्नेछन् ।

    shram.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend