२०८३, आश्विन २० गते

images
  • समाचार
  • सन् २०२४ पत्रकारका लागि चुनौतीपूर्ण, प्रेस...

सन् २०२४ पत्रकारका लागि चुनौतीपूर्ण, प्रेस स्वतन्त्रता हननका ६० घटना

सन् २०२४ पत्रकारका लागि चुनौतीपूर्ण, प्रेस स्वतन्त्रता हननका ६० घटना

मंगलवार, पौष १६ २०८१०५:२३
मंगलवार, पौष १६ २०८१०५:२३
  • images


    काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ ।

    अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् । शाखाका अनुसार सन् २०२२ मा ५३ वटा घटना भएको अभिलेख छ ।

    प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको शाखाको भनाइ छ ।

    समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको अनुगमन शाखाले जनाएको छ ।

    ttt2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend