२०८३, आश्विन २१ गते

images

सहकारी ठगीमा थुनछेक बहस : सरकारी वकिलको तर्क प्रस्तुत, भोलि जाहेरवालाको बहस हुने

सहकारी ठगीमा थुनछेक बहस : सरकारी वकिलको तर्क प्रस्तुत, भोलि जाहेरवालाको बहस हुने

बुधवार, पौष १७ २०८११०:४४
बुधवार, पौष १७ २०८११०:४४
  • images

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थुनछेक बहस चलिरहँदा सरकारी वकिलको तर्फबाट तर्क राखिसकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको थुनछेक बहस सकिएपछि भोलि बिहीबार जाहेरवालाको तर्फबाट बहस हुनेछ ।

    बुधबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन् । नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरेका छन् । उच्च सरकारी वकिल कार्यालयका वकिलहरूले जवाफी बहस गर्ने भएका छन् ।

    बिहीबार जाहेरवालाको तर्फबाट बहस सकिएपछि प्रतिवादीको तफैबाट बहस हुनेछ । दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने वा थुनाबाहिर राखेर गर्ने भनेर आदेश आउनेछ ।

    मुद्दामा प्रतिवादी रहेका पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको छ ।

    पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्था समेत ४४ प्रतिवादी छन्, जसमध्ये ३१ प्रतिवादी सहकारी ठगीमा छन् । मुद्दामा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend