२०८३, आश्विन २० गते

images

वडाअध्यक्षले नै गरे प्रहरीको गाडीमा आक्रमण

वडाअध्यक्षले नै गरे प्रहरीको गाडीमा आक्रमण

आइतवार, पौष २१ २०८१११:१९
आइतवार, पौष २१ २०८१११:१९
  • images

    काठमाडौँ । वडाअध्यक्ष नै प्रहरीको गाडीमा आक्रमण गरेको पाइएको छ । मापसे सेवन गरेका सर्लाहीको रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन प्रसाद यादवको नेतृत्वमा शनिबार राती १५० जनाभन्दा बढी समूहले प्रहरीको गाडीमा आक्रमण गरेका हुन् । 

    उनीहरुले प्रहरीकै गाडीमा आक्रमण गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न हवाई फायर नै गर्नुपरेको थियो ।

    गएराति भएको उक्त घटनामा पाँच राउन्ड गोली चलेको छ । मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख, प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

    सो क्रममा वडाध्यक्ष यादव पनि मादक पदार्थ सेवन गरेर आएका मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसपी सुवास बोहोराले जानकारी दिए । 

    घटनामा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन् । एसपी बोहराका अनुसार प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend