२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नुनको मूल्य बढी लिने मार्टलाई ३...

नुनको मूल्य बढी लिने मार्टलाई ३ लाख जरिवाना

नुनको मूल्य बढी लिने मार्टलाई ३ लाख जरिवाना

सीएनएन खबर
बुधवार, आषाढ २६ २०८१०५:४७
सीएनएन खबर
बुधवार, आषाढ २६ २०८१०५:४७
  • images

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नुनको बढी मूल्य लिएको भन्दै एक मार्टलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

    विभागको टोलीले बुधबार काठमाडौँको सोल्टीमोडस्थित म्याको मिनि मार्टलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । गत असार १८ गतेदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको उपभोक्ता मूल्य बढाएको थियो । 

    कर्पाेरेशनले नुनको मूल्य बढाएपछि उक्त मार्टले पुरानो स्टकमा नयाँ मूल्य राखेर बिक्री गरेको पाइएको विभागका प्रवक्ता तथा निर्देशक राकेश पाण्डेले जानकारी दिए । उक्त मार्टले पुरानो एमआरपी भएतापनि नुनको मूल्य बढाएर २५ रुपैयाँमा बिक्री वितरण गर्ने गरेको भन्दै विभागमा उजुरी परेको थियो । कर्पाेरेशनले गत असार १८ गतेदेखि नुनको उपभोक्ता मूल्य २६ रुपैयाँ बनाएको छ । 

    विभागका आएको उजुरीका आधारमा अनुगमनमा जादा मूल्य बढाएको भेटिएपछि कारवाही स्वरुप जरिवाना गरिएको उनको भनाई छ । 

    यस्तै, विभागले उपभोग्य मिति समाप्त भएको बस्तु बिक्रीवितरण गरेको भन्दै ताहचल स्थित मेगाा मिनि मार्टलाई समेत ३ लाख रुपैयाँ जरिवाना गरेको छ । 

    विभागले नुनको एमआरपीभन्दा बढी मूल्य नलिन व्यवसायीहरुलाई आग्रह गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएपछि व्यवसायीहरुले पुरानो स्टकमा समेत मूल्य बढाउन थालेपछि विभागले उक्त आग्रह गरेको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend