२०८३, आश्विन २० गते

images
  • विश्व
  • चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९५...

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

मंगलवार, पौष २३ २०८१०४:०३
मंगलवार, पौष २३ २०८१०४:०३
  • images

    काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गगे काउन्टी केन्द्रबिन्दु बनाएर गएकाे भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ९५ पुगेकाे छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिएनएनले मृत्यु हुनेकाे संख्या ९५ र घाइतेकाे संख्या १३० पुगेकाे जनाएकाे हाे ।

    नेपालकाे समयअनुसार मंगलबार बिहान दिङ्गगे काउन्टी केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जसपश्चात धेरै परकम्पहरू गएका थिए । भूकम्पकाे केन्द्रबिन्दु बनेकाे दिङ्गगे काउन्टीमा १,००० भन्दा बढी घरमा पूर्ण क्षति भएकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

    केन्द्रबिन्दु भएकाे क्षेत्र निकै विकट रहेकाे कारण अझै के-कति क्षति भएकाे छ भन्ने स्पष्ट भइनसकेकाे जनाइएकाे छ । सिन्ह्वाका अनुसार केन्द्रबिन्दु परेकाे दिङ्गगे काउन्टीबाट सबैभन्दा नजिकको प्रमुख सहर शिगात्से नै जुन लगभग १८० किलोमिटर टाढा अवस्थित छ।

    मंगलबार गएकाे भूकम्प ५ वर्षयताकै ठूलाे भएकाे पनि बताइएकाे छ । ५ वर्षकाे बिचमा यस्तै प्रकृतिका ३ वटा भूकम्प गएकाे सञ्चार माध्यमले जनाएका छन् । दिङ्गगे काउन्टी केन्द्रबिन्दु बनाएर गएकाे भूकम्पले नेपालमा समेत हल्लाएकाे थियाे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend