२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी...

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी कार्य स्थगित

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी कार्य स्थगित

मंगलवार, पौष २३ २०८१०५:०३
मंगलवार, पौष २३ २०८१०५:०३
  • images

    काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट ग्राहकलाई निक्षेप भुक्तानी कार्य स्थगित गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना जारी गर्दै आज पुस २३ गतेबाट पुस २६ गतेसम्मका लागि निक्षेप भुक्तानी कार्य स्थगन गरिएको जानकारी गराएका हुन्। ‘संस्थामा क्रमशः निक्षेपकर्तालाई निक्षेप भुक्तानी भइरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको काम भइरहेको छ’, खतिवडाले भने, ‘त्यसका लागि केही समय आवश्यक पर्न गएको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानी कार्य पुनः सुचारु गरिनेछ।’

    व्यवस्थापन समूहले निक्षेपकर्ताको निक्षेप भुक्तानी गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको पनि खतिवडाले बताए। ‘नियमानुसार क्रमशः भुक्तानी हुनेछ’, उनले भने, ‘बाहिरी हल्ला, भ्रम र भीडको पछाडि नलगागी धैर्यता कायम गरी व्यवस्थापन समूहलाई सहयोग गरिदिन अनुरोध छ।’व्यवस्थापन समूहले बैंकका ग्राहकलाई केही दिनदेखि निक्षेप भुक्तानी कार्य गर्दै आएको थियो। 

    karnali.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend