काठमाडौँ । ‘यो सायन महिनामा हुनुहोस् शिवजीको भत्तिमाली । आउनुस् बन्दीपुर हिल’ भन्ने नाराका साथ शिम महिम्नाहा उत्सवको घोषणा गरेको छ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै साउन महिनाभर उत्सवको घोषणा गरेको हो ।
यस्तै कम्पनीले प्रत्येक सोमबार बोलबम, मस्र्याङ्दी नदीदेखि सिद्धेश्वर महादेव, केबलकार हुँदै, तीनधर्के महादेव बन्दीपुरसम्म पद तथा रोप जात्रा आयोजना हुने जनाएको छ ।
प्रत्येक साँझ आरती, शिवजीको विराठ रुखको दर्शनको अवसर पाइनेछ भने केबलकारको टिकमा ३ सय रुपैयाँ बराबरको खिर पुरी र भाजी निशुल्क रुपमा पाइनेछ ।

