२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नारायणगढ–मुग्लिन खण्डमा पहिराेले २ बस बगायाे,...

नारायणगढ–मुग्लिन खण्डमा पहिराेले २ बस बगायाे, ६५ यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन खण्डमा पहिराेले २ बस बगायाे, ६५ यात्रु बेपत्ता

शुक्रवार, आषाढ २८ २०८१०७:०७
शुक्रवार, आषाढ २८ २०८१०७:०७
  • images

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका बताइएको छ ।

    घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । 

    प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । 

    उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” 

    उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend