२०८३, आश्विन २० गते

images
  • विश्व
  • हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा २...

हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा २ नेपालीको मृत्यु

हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा २ नेपालीको मृत्यु

शुक्रवार, पौष २६ २०८१०८:४२
शुक्रवार, पौष २६ २०८१०८:४२
  • images

    काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । 


    स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो।


    फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो।


    सहकर्मीहरूका अनुसार खड्का विङ्गेटमा काम गर्थे भने भट्ट जागिरका लागि आवेदन दिने योजनामा थिए। तर समाचारमा मृतक नेपालीहरूको नेपाल ठेगाना खुलाइएको छैन। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend