२०८३, मंसिर ७ गते

  • समाचार
  • कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित...

कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित ११ जनाको मृत्यु

कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित ११ जनाको मृत्यु

images
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०७:५२
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०७:५२
  • images

    काठमाडौँ । अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । 

    पहिरोमा पुरिँएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

    यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, उक्त पहिरोमा पुरीमा बेपत्ता बनेकी ११ वर्षीया अनुस्का ओझाको समेत शव भेटिएको छ । यस्तै, मादी गाउँपालिका–११ मा पहिरोेमा पुरिएर बेपत्ता बनेकी ८० वर्षीया माइतीकुमारी गुरुङ पनि शव भेटिएको प्रहरीले जनाएको छ । 

    पहिरोेमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक शर्माले पहिरोेमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । पहिरोेमा बेपत्ताको खोजी भइरहेको बताइन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend