२०८३, आश्विन १९ गते

images
  • समाचार
  • अवतरणका क्रममा रनवेमा चिप्लियो बुद्धको जहाज,...

अवतरणका क्रममा रनवेमा चिप्लियो बुद्धको जहाज, निकाल्न नसकेपछि भैरहवा विमानस्थल बन्द

अवतरणका क्रममा रनवेमा चिप्लियो बुद्धको जहाज, निकाल्न नसकेपछि भैरहवा विमानस्थल बन्द

सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:१४
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:१४
  • images

    काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । 

    बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिएको छ ।

    पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताएका छन् ।  

    जहाज चिप्लिएपछि बुद्ध एयर र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका छन् । रनवेबाट बाहिर गएको जहाजलाई तानेर पार्किङ एरियातिर ल्याउने प्रयास भइरहेको छ । 

    रनवेबाहिर पुगेको जहाज निकाल्न नसकिएपछि शुक्रबार बिहान अन्य उडान हुन सकेका छैनन् । अहिले वर्षाका कारण जहाजलाई निकाल्न कठिनाइ भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend