२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाको उम्मेदवारी

सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:२२
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:२२
  • images

    काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । 

    परिषद्को यही असार ३१ गते हुन लागेको २८ र २९ औँ साधारणसभा एवम् अधिवेशनका लागि आज परिषद्का वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुव्र अधिकारीले उम्मेदवारी दिएका हुन् । 

    यस्तै, तीन उपाध्यक्ष पदका लागि सहदेव (विमल) धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईँले जानकारी दिनुभयो । यस्तै, सचिवमा पुण्यराम लागेजु र दिलिप (मिलन) कंडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ ।

    सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाई, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रंजयमान प्रधान, नविन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रसाईँले जानकारी दिए । 

    निर्वाचनमा एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend