२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ४ लाख घुस सहित अख्तियारको नियन्त्रणमा...

४ लाख घुस सहित अख्तियारको नियन्त्रणमा नापी कार्यालयका सर्भेक्षक

४ लाख घुस सहित अख्तियारको नियन्त्रणमा नापी कार्यालयका सर्भेक्षक

सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:२७
सीएनएन खबर
शुक्रवार, आषाढ २८ २०८१०८:२७
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले ४ लाख घुस रकमसहित नापी कार्यालयका सर्भेक्षकलाई नियन्त्रणमा लिएको छ । आयोगले टोलीले बिहीबार नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत् सर्भेक्षक सञ्जीवकुमार यादव लाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

    बिहीबार ललितपुर महानगरपालिका–१२ हनुमानस्थान लगनखेलमा रहेको आरबी लेखापढी सेन्टरबाट यादवलाई पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यादवसँगै अख्तियारले लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेललाई समेत नियन्त्रणमा लिएको छ । 

    जग्गा हालसाबिक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनमा घुस मागिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले रकमसहित रंगेहात पक्राउ गरेको घिमिरेले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend