२०८३, आश्विन २० गते

images

पक्राउ परे दक्षिण कोरियाका निलम्बित राष्ट्रपति

पक्राउ परे दक्षिण कोरियाका निलम्बित राष्ट्रपति

सीएनएन खबर
बुधवार, माघ २ २०८११०:०६
सीएनएन खबर
बुधवार, माघ २ २०८११०:०६
  • images

    काठमाडौँ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ।

    यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् । 

    गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो । 

    यूनलाई पदबाट हटाउन वा नहटाउने विषयमा महाभियोगको परीक्षणले तय हुने बताउँदै कानुन व्यवसायीहरूले यसरी धरपकड गरी पक्राउ गर्नू जनतामाथि विश्वासघात भएको उल्लेख गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend