२०८३, आश्विन २० गते

images

इन्जिनियर अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

इन्जिनियर अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिवार, माघ ३ २०८११०:०५
बिहिवार, माघ ३ २०८११०:०५
  • images

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति नयाँ बानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा रितेन्द्र थापाको संयुक्त इजलासले अधिकारीलाई दोषी ठहर गरेको हो । 

    अधिकारीले ‘द इन्स्टिच्युसन अफ इन्जिनियरिङ’ भारत कोलकत्ताबाट इन्जिनियरिङ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र नक्कली देखिएको विशेषको ठहर छ । ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ एवं त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले अधिकारीले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि गरेको विशेषको फैसलामा उल्लेख छ ।

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टाचार गरेको देखिन आएकाले विशेषले अधिकारीलाई ६ महिना कैद र दश हजार जरिवाना तोकेको छ। अधिकारीले ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ कोलकत्ताबाट इन्जिनियरिङ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेर २०६० माघ २० देखि इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड सहायकस्तर प्रथम तहको प्राविधिक सेवामा नियुक्त भई २०६१ फागुन ३ मा अधिकृत छैठौँ तहमा कार्यरत थिए ।

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सहायकस्तर पदमा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै गत असारमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend