२०८३, आश्विन २१ गते

images

६ महिनामा ग्लोबल आईएमई बैंकको नाफा साढे ४९ प्रतिशत

६ महिनामा ग्लोबल आईएमई बैंकको नाफा साढे ४९ प्रतिशत

सोमवार, माघ ७ २०८१०८:००
सोमवार, माघ ७ २०८१०८:००
  • images

    काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आईएमई बैंकले आफ्नो खुद नाफा ४९.५ प्रतिशतले बढाएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

    गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पियरमेन्ट चार्ज उल्लेखीयरुपमा घटाएकाले खुद नाफा बढेको हो।

    यस अविधिमा बैंकले इम्पियरमेन्ट चार्ज ४ अर्ब १३ करोडबाट घटाएर २ अर्ब २० करोडमा ल्याएको छ। खुद नाफासँगै बैंकको वितरणयोग्य नाफामा पनि उल्लेखीय सुधार देखिएको छ। 

    गत वर्ष १ अर्ब २७ करोडले वितरणयोग्य घाटामा रहेको यस बैंकले समीक्षा अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।

    बैंकको खराब कर्जा भने गत वर्षको तुलनामा सामान्यरुपमा बढेको छ। गत वर्षको दोस्रो त्रैमासमा ४.६८ प्रतिशत रहेको बैंकको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.८६ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend