२०८३, आश्विन २० गते

images

३७ अर्ब राजस्व पेट्रोलियम पदार्थबाट सङ्कलन

३७ अर्ब राजस्व पेट्रोलियम पदार्थबाट सङ्कलन

सीएनएन खबर
बिहिवार, माघ १० २०८१११:२७
सीएनएन खबर
बिहिवार, माघ १० २०८१११:२७
  • images

    काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ ।

    चार अर्ब गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैया बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैया राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

    चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैया राजस्व दाखिला भएको छ । 

    चालु आवको छ महिनामा ८ अर्ब ९ करोड रुपैया बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट १ अर्ब १ करोड रुपैया तथा  ३६ करोड २० लाख रुपैया बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैया  राजस्व सङ्कलन भएको जनाइएको छ । 

    आव २०८०÷८१ को छ महिनामा  ८८ अर्ब ७८ करोड रुपैया बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लाख ४६ हजार रुपैया राजस्व सङ्कलन गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend