२०८३, आश्विन २० गते

images
  • समाचार
  • जन्मका आधारमा नागरिकता दिने आदेशमा ट्रम्पलाई...

जन्मका आधारमा नागरिकता दिने आदेशमा ट्रम्पलाई अदालतको झट्का

जन्मका आधारमा नागरिकता दिने आदेशमा ट्रम्पलाई अदालतको झट्का

शुक्रवार, माघ ११ २०८१०८:३३
शुक्रवार, माघ ११ २०८१०८:३३
  • images

    काठमाडौं । अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा गैर–अमेरिकी आमाबाबुका छोराछोरीलाई स्वतः अमेरिकी नागरिकता दिने प्रावधानलाई खारेज गर्ने कार्यकारी आदेशमा रोक लगाएको छ ।

    अमेरिकाको सिएटलस्थित संघीय अदालतका न्यायाधीशले यसमा  अस्थायी प्रतिबन्ध लगाएका हुन् ।अदालतमा चारवटा अमेरिकी राज्यले जन्मका आधारमा स्वतः नागरिका प्राप्त हुने बालबालिकालाई अमेरिकी नागरिकता दिने व्यवस्था खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए ।

    अमेरिकी कानुन विभागका एक वकिलले ट्रम्पको आदेशको पक्षमा तर्क गर्दा न्यायाधीशले सोधेका थिए, के यो संवैधानिक हो ? ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागु हुने निर्णयमा उल्लेख छ । बीबीसी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend