२०८३, आश्विन २० गते

images
  • समाचार
  • अछाममा जंगलमा मृत फेला परेका किशोरीहरूको...

अछाममा जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे अनुसन्धान गरिँदै

अछाममा जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे अनुसन्धान गरिँदै

सीएनएन खबर
आइतवार, माघ १३ २०८१०६:१०
सीएनएन खबर
आइतवार, माघ १३ २०८१०६:१०
  • images

    काठमाडौं । अछाममा जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    शुक्रबार बिहान घरबाट बाख्रा चराउन गोठालो निस्केका ढकारी गाउँपालिका–८ का फूपु– भदै नाता पर्ने १४ वर्षीया सरस्वती खड्का र १५ वर्षीया ईश्वरी खड्का शनिबार साँझ सात बजे मृत फेला परेका थिए।

    उनीहरू शुक्रबार घरबाट माथि जंगलमा बाख्रा चराउन निस्केका थिए। त्यहाँदेखि उनीहरू शनिबारको साँझसम्म सम्पर्कविहीन भए। स्थानीयले उनीहरूको खोजी कार्य गर्दा शनिबार साँझ सात बजे मृत फेला पारेको थियो।घटनाबारे खबर प्राप्तपछि प्रहरी टोली राति ९ बजे घटनास्थलमा पुगेको थियो। 

    आइतबार बिहान घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय मंगलसैन, सशस्त्र प्रहरी बल लगायतको सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल कार्य सकेर अहिले दुवै जनाको शव पोष्टमर्टमका लागि नेपालगन्ज लग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

    ‘घटनाबारे अहिले नै यही नै हो भन्न सकिने अवस्था छैन, कोहलपुरबाट तालिम प्राप्त कुकुर पनि ल्याएर अनुसन्धान भइरहेको छ,’ उनले भने।घटनास्थलमा पुगेका ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले घटना वीभत्स देखिएको जानकारी दिए।

    ‘यो घटना वीभत्स नै हो, चिप्लेर लडेर यस्तो  हुनसक्दैन, उनीहरूको शव हेर्दा मुखमा कसैले मुक्का हानेको जस्तो छ, उनीहरूको शरीरको लुगा ठाउँ–ठाउँ च्यातिएको छ। घटना अर्काे ठाउँमा गरेर उनीहरूलाई त्यहाँ राखेको जस्तो देखिन्छ, अब पोष्टमर्टमको रिपोर्टले के भन्छ, घटनाको प्रकृति हेर्दा उनीहरूमाथि कसैले जबर्जस्ती गर्न खोजेको जस्तो पनि देखिन्छ,’ उनले भने।

    दुवै जना किशोरीको शव २० मिटरको दुरीमा थियो। मृतक दुवै जनाको बुवा भारतमा छन्। उनीहरू कक्षा ८ मा पढ्थे। घटना वीभत्स भएकाले सोही अनुसन्धानका लागि सुरक्षाकर्मीसँग माग गरिरहेको गाउँपालिकाका अध्यक्ष साउदको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend