२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणः...

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणः सीआईबीले थाल्यो अनुसन्धान

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणः सीआईबीले थाल्यो अनुसन्धान

सोमवार, माघ १४ २०८१११:१६
सोमवार, माघ १४ २०८१११:१६
  • images

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । यस बैंकको एक अर्ब रूपैयाँभन्दा बढी निक्षेप हिनामिना भएको प्रकरण बाहिरिएपछि सीआईबीले अनुसन्धान सुरू गरेको हो ।

    नेपाल राष्ट्र बैंकले छानबिनका लागि जाहेरी दिएपछि यसबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । 

    प्रतिवेदनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव बेदप्रकाश ठकुरी र हालका प्रमुख कार्यकारी अधिकृत र वित्त विभाग प्रमुख निरजविक्रम शाहको संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो ।

    प्रतिवेदनमा राष्ट्र बैंकले आन्तरीक रुपमा थप अध्ययन गरी आवश्यक कारवाहीको लागि केन्द्रिय अनुसन्धान ब्युरोमा पठाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट आवश्यक अनुसन्धानको लागि गत साता पत्र पठाएपछि अनुसन्धान सुरु गरेको सिआईबीले जनाएको छ ।

    कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै मुद्दति निक्षेपको नक्कली प्रमाणपत्र बनाएर नेपाल राष्ट्र बैंकमा पेश गरेको खुलेको थियो । यस्तै बैंकको आन्तरीक अनुसन्धानमा १ अर्ब २६ करोड रुपैयाँको वर्तमान र पुर्व व्यवस्थापन समितिको नेतृत्व र पुर्व अध्यक्षहरुको समेत संलग्नतामा अपचलन भएको खुलेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend