२०८३, आश्विन २० गते

images

बुधबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

बुधबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

मंगलवार, माघ १५ २०८१०३:०६
मंगलवार, माघ १५ २०८१०३:०६
  • images

    काठमाडौँ । बुधबारदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएको छ । सरकारले सरकारी कार्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेसँगै ५ बजेसम्म कार्यालय खुला हुने भएको हो ।

    सरकारी कार्यालयहरूको समय परिवर्तन गर्दै दुई भिन्न अवधिका लागि फरक कार्यतालिका निर्धारण गरिएको छ। नयाँ कार्यतालिका अनुसार, २०८१ साल वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

    यस्तै, २०८१ साल कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ। नयाँ समय तालिका अनुसार सरकारी कार्यालयहरू सञ्चालन हुने भएकाले सेवाग्राहीहरूले सोही अनुसार सेवा लिन जान अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend