२०८३, आश्विन २० गते

images
  • स्वास्थ्य
  • गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल...

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा १० हजार छुट

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा १० हजार छुट

मंगलवार, माघ १५ २०८१०४:४६
मंगलवार, माघ १५ २०८१०४:४६
  • images

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा लि. बिच छुट सम्बन्धी सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले उक्त छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवा पुस्ताहरुमा बृद्धि हुँदै गईरहेको निसन्तानपनको उपचारका लागि नेपालमा लामो समय देखि ख्याती प्राप्त वात्सल्य नेचुरल आईभिएफसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको बैंकले जनाएका छ । 

    सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले वात्सल्य नेचुरल आईभिएफमा निसन्तान सम्बन्धी उपचारको प्याकेजमा एकमुष्ठ १० हजार रुपैयाँ, प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । विकास बैंकका खातावाल ग्राहक, डेविट तथा क्रेडिट कार्डहोल्डरहरुले वात्सल्य नेचुरल आईभिएफको सम्पूर्ण आउटलेटहरुबाट उक्त छुट प्राप्त गर्नछन् । 

    हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend